search logo
NOTIFICATIONS

भोटेकोशी बाढीः ९८७ जनाको शव फेला, एउटै घरबाट निकालियो २४ शव

हाम्रो पेज

१६ भाद्र २०८३, मंगलवार १२:१२

काठमाडौं, १६ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ९७८ पुगेको छ । विभिन्न जिल्लामा हालसम्म ९७८ जनाको शव फेला परेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा सबैभन्दा धेरै ३२१ जनाको शव फेला परेको छ। अझै ३ हजार ९ सय १६ जना बेपत्ता छन् । यसैगरी, तीन हजार ९१६ जना सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना राष्ट्रसेवक कर्मचारी रहेका छन् । हालसम्म घाइते २७९ जना रहेको र उपचारपछि विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको सङ्ख्या १६८ तथा ११ हजार ८१४ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।  हालसम्म २१ हजार ११ जना सुरक्षाकर्मी परिचालित भएको प्राधिकरणले जनाएको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित उत्तरगया मिनी मार्ट भएको घर भित्रबाट २४ वटा शव निकालिएको छ । हिजो र आजगरी एउटै घरबाट २४ जनाको शव निकालेर मुचुल्का गरी पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिनुभयो । उनका अनुसार अहिलेसम्म कसैको पनि सनाखत हुन भने सकेको छैन । निकालिएका शवको मुचुल्कापछि पोस्टमार्टमका त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउने तयारी भइरहेको छ।