मनसुन देशभरबाट बाहिरियो

हाम्रो पेज

२८ आश्विन २०८३, बुधबार १५:५५

काठमाडौं, २८ आश्विन । यस वर्षको मनसुन बुधबारदेखि नेपालका सबै भूभागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २८ गते मनसुन पूर्ण रूपमा बाहिरिएको हो। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते ‘​मनसुन बहिर्गमन बुलेटिन २’ जारी गरी आज अक्टोबर १४ देखि देशभर कतै पनि मनसुन नरहेको घोषणा गरेको हो। यसअघि मौसम विभागले यही असोज १७ गते अक्टोबर ३ तारिख ‘मनसुन बहिर्गमन बुलेटिन १’ प्रकाशन गरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भेगका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटेको जानकारी गराएको थियो। आज बाँकी स्थानबाट पनि मनसुन बाहिरिएको अर्थात् अबदेखि देशभरि नै मनसुन नरहेको जानकारी मौसम विभागले गराएको हो।