सुकुमवासीलाई सरकारले मासिक २५ हजारसम्म राहत उपलब्ध गराउने

हाम्रो पेज

५ जेष्ठ २०८३, मंगलवार १८:२४

सूचीमा मन्त्रीपरिषद् बैठकका निर्णयः

नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्वीट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ६।११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने ।

अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९।३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने ।
काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत २५ हजार एकमुष्ट रूपमा प्रदान गर्ने ।

जोखिमयुक्त बस्तीबाट हटाइएकालाई वैकल्पिक बसोवासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रति परिवार राहत रकम रु। १५ हजार प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप दुई हजार प्रति महिनाको दरले, हाललाई तीन महिनाका लागि बसोवास व्यवस्थापन खर्च प्रदान गर्ने ।

वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने ।

बालबालिका तथा विद्यार्थीको पठनपाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने ।

प्रत्यायान नियमावली, २०८३ स्वीकृत गर्ने ।

सैनिक सेवा ९छैटौँ संशोधन० नियमावली, २०८३ स्वीकृत गर्ने ।

नेपाल राष्ट्र बैँक, २०५८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्‌मा पेस गर्न स्वीकृति दिने ।

नेपाल सरकार ९कार्य विभाजन नियमावली, २०८३ अनुसार हुने गरी राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने ।