NOTIFICATIONS
हाम्रो पेज

उद्धार गरिएकामध्ये ओखलढुंगा निवासी २९ वर्षीय चालक आशिष विष्ट बेहोस अवस्थामा छन्। खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र खोटाङको दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विकको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार र घटनाको विस्तृत विवरण संकलन भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।