NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, १३ अषाढ I विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य तथा लोकप्रिय जनप्रतिनिधि संजीवकुमार साहको असामयिक निधन भएको छ।
विराटनगर १३ निवासी साहको बिहीबार दिउँसो आफ्नै निवासको आँगनमा अचानक ढलेर दुःखद निधन भएको हो। स्वतन्त्र उम्मेदवारका रूपमा कार्यपालिका सदस्यमा निर्वाचित साह, विराटनगरको विकास र सामाजिक उत्थानमा निरन्तर सक्रिय एक इमानदार व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनको खबरले महानगर स्तब्ध भएको छ।
पारिवारिक स्रोतका अनुसार, घरको आँगनमा रहनुभएका साह अचानक ढल्नुभएको र घटनास्थलमै उहाँको निधन भएको थियो। उहाँको निधनको कारण यकिन भइसकेको छैन । उहाँका श्रीमती र एक १० वर्षीय छोरा हुनुहुन्छ। साहको निधनप्रति विराटनगर महानगरपालिकाका प्रमुख, उपप्रमुख, विभिन्न वडाका जनप्रतिनिधिहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।