हाम्रो पेज
काठमाडौं, ३० असार । मनसुन सक्रिय भएपछि केही दिनयता देशभर मौसम बदली र वर्षा हुने क्रम जारी छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोसी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई , कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा, कोसी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशका पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशका तराई प्रदेश एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। काठमाडौँ उपत्यकामा थप वर्षाको सम्भावना काठमाडौँ उपत्यकामा पनि केही दिनदेखि मौसम बदली र वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार विगत २४ घण्टामा उपत्यकाका धेरैजसो स्थानमा मध्यम वर्षा भएको छ। ‘बिहानसम्म पनि वर्षा जारी थियो, अहिले भने ललितपुरको खोकनामा हल्का वर्षाबाहेक उपत्यकाका अन्य स्थानमा पानी पर्न रोकिएको छ । मौसमविद् दाहालका अनुसार आज काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम देखिएको छ।
दिँउसो धेरैजसो ठाउँमा पानी पर्न रोकियो
अहिले देशका धेरैजसो ठाउँमा पानी पर्न रोकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम विभागले आज मंगलबार दिउँसो १२ बजे जारी गरेको सूचनाअनुसार हाल थोरै जिल्लाहरूमा मात्रै पानी परिरहेको छ। गएको २४ घण्टामा सबैभन्दा बढी पानी चितवनको भरतपुरमा ३१८ दशमलव ४ मिलिमिटर परेको छ।