हाम्रो पेज

काठमाडौं, ३० असार । सरकारले मिटरब्याजका सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले योसहित ५ निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताउनुभयो ।
यी हुन् निर्णयहरुः
बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने।
सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने।
नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने।
अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने।