हाम्रो पेज

काठमाडौं, १८ असार । मनसुनी वायुको प्रभावले यतिबेला ९बिहीबार बिहान० गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश आकाश बादलले ढाकेको छ। कोसी र बागमती प्रदेशमा साधारणतया र मधेस प्रदेशको आकाशमा आंशिक बादल लागेको छ। अनि बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि केही स्थान, लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेश तराईका एक दुई स्थानमा पनि मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
यस्तै राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थान साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेश र कोसी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।गण्डकी र बागमती प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

आज यी जिल्लामा छ बाढीको जोखिम
आज पश्चिमका पाँच जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढी महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी(पश्चिम र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। सचेत गराउँदै अगाडि भनिएको छ, ‘उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’