विराटनगरबाट ‘संसारी खबर’ अनलाईन न्यूज पोर्टलको शुभारम्भ

हाम्रो पेज

१९ भाद्र २०८२, बिहीबार १३:२७
विराटनगर, १९ भदौ । विराटनगरबाट सुरु भएको अनलाईन समाचार पोर्टल ‘संसारी खबर’ डट कम औपचारिक शुभारम्भ गरिएको छ ।
विराटनगर महानगरपालिका वडा नं. ८ मा सञ्चालनमा आएको ‘संसारी खबर’ विराटनगरका सञ्चारकर्मी सुनिलकुमार यादवले सञ्चालनमा ल्याउनुभएको हो । यसको सम्पादनकमा सरोज पोखरेल रहनुभएको छ । प्रेस खबर मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन समाचार पोर्टलको आज एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले शुभारम्भ गर्नुभयो ।
अनलाईन शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष खड्काले प्रकाशनमा निष्पक्षता र शुद्धतामा ख्याल गर्न सुझाव दिनुभयो । कार्यक्रममा संविधानसभा सदस्य एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादव, विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेल र नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देललगायतले संसारी खबर अनलाईनको सफलताको शुभकामना दिनुभयो ।