search logo
NOTIFICATIONS

मोरङमा ४ दिनदेखि बेपत्ता महिलाको शव फेला, श्रीमान् पक्राउपछि अनुसन्धान तीव्र

हाम्रो पेज

१३ जेष्ठ २०८३, बुधबार ११:३०

मोरङ, १३ जेष्ठ । मोरङ को उर्लाबारी–१ स्थित बक्राहा खोलानजिक चार दिनदेखि बेपत्ता रहेकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बू मृत अवस्थामा फेला परेकी छन्। घटनापछि प्रहरीले उनका श्रीमान् दिलबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। मंगलबार बिहान उर्लाबारीको लन्डन ब्रिज नजिक रहेको काँसघारी क्षेत्रमा राँगा चराउन गएका स्थानीयवासीले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारी बाट इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङ का प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार शव अत्यधिक सडेको र सुन्निएको अवस्थामा भेटिएकाले तत्काल मृत्युको कारण खुल्न सकेको छैन। घटनालाई शंकास्पद मान्दै प्रहरीले पोस्टमार्टमसहित थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार सविता केही दिनअघि घरबाट हराएकी थिइन्। शव फेला परेपछि घटनामा संलग्नताको आशंकामा उनका श्रीमान् दिलबहादुरलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। स्थानीयवासी भने घटनापछि त्रसित बनेका छन्।