NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, १७ फाल्गुन । विराटनगर–११, पाञ्चालीस्थित काशा देई मन्टेश्वरी चिल्ड्रेन हाउसले शनिबार स्थापनाको १० औं वार्षिक उत्सव तथा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, ११ नंं. वडाका वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेलगायत अभिभावकले बालबालिकाको वृति विकाशमा मन्टेश्वरीले खेलेको भुमिकाको प्रशंसा गर्दै दीक्षित बालबालिकालाई शुभकामना व्यक्त गर्नुभयो ।
१० बर्ष अघि थोरै बालबालिकाबाट सुरु गरिएको मन्टेश्वरीमा हाल एकसय ७० जना बालबालिका अध्ययन गरिरहेको प्रिन्सिपल पवित्रा तामाङले जानकारी दिनुभयो । काशा देई मन्टेश्वरीले शान्त वातावरण, सुविधायुक्त भौतिक पूर्वाधारमा व्यवहारिक शिक्षा र विभिन्न अतिरिक्त क्रियाकलापबाट बालबालिका अध्ययन गराउँदै आएको तामाङले बताउनुभयो ।