search logo
NOTIFICATIONS

दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जित्यो

हाम्रो पेज

१५ आश्विन २०८२, बुधबार ०७:४५
विराटनगर, १५ अशोज । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जितेको छ । तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो । सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल मंगलबार राति भएको फाइनल खेलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो ।
युनाईटेड अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा भएको फाइनल खेलको सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एकसय २२ रन जोडेको थियो । उक्त लक्ष्य वेस्ट इन्डिजले बिना कुनै विकेटको क्षतिमा १२ ओभरमै भेट्टायो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित थियो । नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो । मंगलबार भएको खेलमा जितको लागि एकसय २३ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १२ दशमलव दुई ओभरमा कुनै विकेट नगुमाइ विजयी भयो । वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन् । यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको थियो ।