
काठमाडौं, १३ फाल्गुन । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनु भएको छ। बुधबार सरकारको निर्णयबारे जानकारी दिँदै मन्त्री अर्यालले चुनावका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको बताउनुभयो । त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ। सरकारले १६औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरेको उहाँले बताउनुभयो । सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्विकृति प्रदान पनि गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ । सरकारले चुनावलाई मध्यनजर गर्दै फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत केरावारी न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन स्वीकृति दिने पनि निर्णय गरिएको छ । जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको छ । यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

