हाम्रो पेज
प्रधानमन्त्री वालेन्द्र शाह बालेन अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको हो । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो । अमेरिकाको न्युयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष भीभीआईपीको प्रयोग गर्नुभएन । प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गर्नुभयो । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् । राष्ट्रसंघको महासभामा सहभागी भई उनी असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री बालेनले असोज ८ गते महासभालाई सम्बोधन गर्नुहुनेछ ।
