हाम्रो पेज

अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन वडास्तरीय परिचालन समिति, क्षेत्रीय समिति, प्रचार–प्रसार, सामाजिक सञ्जाल, युवा, महिला तथा पेशागत क्लस्टरसमेत गठन गरिएको जनाइएको छ। ती समितिमार्फत करिब तीन हजार सक्रिय कार्यकर्तालाई निर्वाचन अभियानमा परिचालन गरिएको घिमिरेले जानकारी दिनुभयो । घरदैलो अभियानको पहिलो चरण सम्पन्न भएसँगै अब दोस्रो चरणमा टोलभेला केन्द्रित कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रत्येक वडाका टोल–टोलमा पुगेर स्थानीय आवश्यकता र विकास योजनाबारे सूक्ष्म छलफल गरिने उम्मेदवार घिमिरेले बताउनुभयो । साथै, विभिन्न सामुदायिक समूहसँग विकासका एजेन्डामा विशेष अन्तरक्रिया र मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ। घिमिरेले घरदैलोका क्रममा मतदाताबाट प्राप्त माया, समर्थन र विश्वासले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्दै आगामी निर्वाचनमा उच्च बहुमतसहित विजय हासिल गर्ने दाबी गर्नुभयो । कोशी प्रदेश सरकारको पूर्व सामाजिक विकास मन्त्री रहनु भएका घिमिरे यस क्षेत्रमै विकासप्रेमी नेताका रुपमा परिचित मानिनु हुन्छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा घिमिरेलाई सबैभन्दा चुनौतीपूर्ण उम्मेदवारका रुपमा हेरिएको छ । एक लाख १९ हजार २५५ मतदाता रहेको मोरङ–४ मा ५५ हजारभन्दा धेरै आदिवासी मत छ । जसमा विराटनगर महानगरपालिकाको सहरी क्षेत्रका मतदाताको संख्या ४९ हजार ६०१ छ । ग्रामथान र कटहरी गाउँपालिकाका सबै वडासहित विराटनगर महानगरका १, २, ३, ८, १० र १९ र बेलबारी नगरपालिकाका ५, ६ र ७ गरी २३ वडा यो क्षेत्रमा पर्छन् । पुरुष ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ छ । निर्वाचन आयोगले मतदानका निम्ति यो क्षेत्रमा ४० मतदानस्थल र १३१ मतदान केन्द्र तोकेको छ ।
