search logo
NOTIFICATIONS

मनसुन विपद् प्रतिकार्यः सशस्त्र प्रहरी देशभर ४१ स्थानमा तैनाथ, उद्धारका लागि टोल फ्री नम्बर पनि सञ्चालनमा

हाम्रो पेज

२१ श्रावण २०८२, बुधबार १८:१३

काठमाडौं, २१ श्रावण । मनसुन सुरु भएसँगै बाढी, पहिरो जस्ता विपद्का घटनाबाट नागरिकलाई जोगाउन र तत्काल उद्धार गर्न सशस्त्र प्रहरी बल, नेपालले देशभर विशेष तयारी गरेको छ। यस क्रममा काठमाडौँ उपत्यकासहित जोखिमयुक्त ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेसक्याम्पु स्थापना गरी विपद् उद्धार सामग्रीसहितको सुरक्षा फौजलाई तयारी हालतमा राखिएको छ। यो पहलको मुख्य उद्देश्य विपद्मा परेका आम नागरिकहरूलाई तत्काल र सहज रूपमा उद्धार सेवा पुर्याउनु हो। जोखिमको विश्लेषण गरी देशका विभिन्न प्रदेशमा अस्थायी बेसक्याम्पहरू स्थापना गरिएको छ ।
काठमाडौँ उपत्यकाः कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी, लेले ललितपुर र सानोठिमी भक्तपुर।
कोशी प्रदेशः बखरी मोरङ, हर्कपुर ओखलढुंगा ।
मधेश प्रदेशः भारदह र बर्साईन सप्तरी, मिल सिरहा, दुवरकोट धनुषा, रघुनाथपुर र बनौटा महोत्तरी, धरहरा सर्लाही, फतुवा रौतहट, तेलकुवा र कलैया बारा, पोखरीया पर्सा।
बागमती प्रदेशः सुनौला मकवानपुर, खालथोक र मंगलटार काभ्रे, खरानिटार नुवाकोट, भालढुंगा चितवन, लिंकन बजार र सिगंटी दोलखा, तातेपानी रसुवा ।
गण्डकी प्रदेशः खहरे पर्वत, आरुघाट गोरखा, चोरमारा पूर्वी नवलपरासी, छाचोक कास्की ।
लुम्बिनी प्रदेशः राजापुर बर्दिया, बुटवल रुपन्देही, कुण्डा र कचनापुर बाँके, तुराङ्ग गुल्मी, दोभान पाल्पा ।
कर्णाली प्रदेशः बड्की जुम्ला, डिमुरखारा मुगु, दल्ली जाजरकोट।
सुदूरपश्चिम प्रदेशः खानी डाँडा कैलाली, बुडर डोटी।
विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिकालाई सशक्त बनाउन सशस्त्र प्रहरीले देशभरी १ लाख ६८ हजार ९ सय ५६ जना विपद् सूचक तयार पारेको छ। उनीहरूलाई विपद्को समयमा सुरक्षाकर्मीसँग कसरी समन्वय गर्ने, खबर आदानप्रदान कसरी गर्ने र उद्धारमा कसरी परिचालन हुने भन्नेबारे जानकारी गराइएको छ।यसका साथै, देशभरका विभिन्न बाहिनी मुख्यालयहरू मार्फत ९९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम प्रदान गरिएको छ, जसले स्थानीय स्तरमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनेछ। आपत् विपद्मा परेका नागरिकहरूले तत्काल उद्धार तथा सहयोगका लागि सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ मा सिधै सम्पर्क गर्न सक्नेछन्। थप जानकारी तथा अन्य आवश्यक फोन नम्बरहरूका लागि सशस्त्र प्रहरी बल नेपालको आधिकारिक वेबसाइट पनि हेर्न सकिनेछ ।