विराटनगरमा आज एशियाकै दोस्रो ठुलो श्रीराधाकृष्ण रथयात्रा निकालिंदै
हाम्रो पेज
१ भाद्र २०८२, आईतवार ०७:४३
फाईल तस्वीर
विराटनगर, १ भदौ । विराटनगरमा आज श्रीराधाकृष्ण रथयात्रा निकालिंदैछ । तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट आज दिउँसो ४ बजेपछि नगर परिक्रमाकालागि रथ निकालिनेछ । प्रत्येक बर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा भब्य रथयात्रा निकाल्ने गर्ने गरिएको छ । रथयात्राका क्रममा सर्वसाधारणलाई दर्शन गर्न अघिल्ला बर्षहरुमा भैmं यसबर्ष पनि बिभिन्न स्थानमा विश्रामस्थल तोकिएको छ । विराटनगर १ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट ९४ बर्ष अघि खट्यात्रा शुरु भएको थियो । शुरुआतको ३७ बर्षसम्म खट्यात्रा र त्यसयता रथयात्रा निकाल्ने गरिएपनि २०७७ र २०७८ सालमा कोरोना संक्रमणको तीब्रताका कारण दुईपटकसम्म रथयात्रा स्थगन गरिएको थियो । सो समयमा औपचारिकता मात्र निर्वाह गर्नेगरि सर्वसाधारणलाई जानकारी नदिई गाडीमा खट राखेर बजार परिक्रमा गराईएको थियो भने त्यसपछिको एकबर्ष झाँकी विहीन रथ निकालिएको थियो । यसबर्ष पनि अन्य बर्षहरुमा जस्तै झाँकी ¥यालीसहित रथ निकाल्न लागिएको हो । विक्रमसम्बत १९७६ सालमा साबिकको ग्रोग्राहालाई विराटनगर नामांकरण गरिएयता वि.सं. १९८८ सालमा पहिलोपट खट्यात्रा निकालिएको थियो । सो समयमा भगवान श्रीराधाकृष्णको मुर्तीलाई खटमा राखी काँधमा बोकेर नगर परिक्रमा गराउने गरिएको थियो । शुरुशुरुमा श्रीराधाकृष्णको युगल जोडीलाई खटमैं नगरपरिक्रमा गराउने गरिएकोमा विक्रम सम्बत २०२५ सालबाट खट्यात्रालाई आधुनिक रथयात्रामा रुपान्तरण गरिएको थियो । यद्यपि हालसम्मपनि रथ संगसंगै खटयात्रापनि निकाल्ने गरिएको छ । रथयत्रामा यसबर्ष पनि हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने आयोजक समितिले जनाएको छ ।
रथयात्रा परिक्रममा हुने रुटः तीनपैनी चोक नजिकैको श्रीराधाकृष्ण मन्दिर अगाडीबाट निस्किएर तीनपैनी चोकबाट मेनरोडको सडक हु्ँदै रोडशेष चोक–धरान रोड हुँदै बरगाछी र बरगाछीबाट दुर्गा चोक पानी र्टकी हुँदै पुनः श्रीराधाकृष्ण मन्दिरमा पुगेर समापन ।