search logo
NOTIFICATIONS

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु हुँदैन: कोशीका मुख्यमन्त्री कार्की

हाम्रो पेज

३० श्रावण २०८२, शुक्रबार १७:५७
विराटनगर, ३० श्रावण । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपतिलाई सम्मानित रुपमा व्यवहार गर्नुपर्ने बताउनुभएको छ। धनकुटामा आज अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उहाँलाई सम्मानित व्यवहार गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रको प्रमुख भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उहाँले हामीले उहाँलाई गालीगलोज गर्ने होइन सम्मानपूर्वक व्यवहार गर्ने र राष्ट्रको सामाजिक काममा लाग्नको लागि अभिप्रेरित गर्नुपर्ने बताउनुभयो। उहाँले नेकपा एमाले निर्माणमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको योगदान उल्लेख्य रहेको चर्चा गर्दै उहाँको योगदानलाई हामीले सम्मान गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो’ संविधानको संरक्षक र सबैको अभिभावक भइसकेको व्यक्ति सम्मानित भएर बस्दा नै राष्ट्रलाई फाइदा हुन्छ भन्ने उद्देश्यले एमालेले उहाँलाई सम्मानपूर्वक र सम्मानित हुनको लागि आग्रह गरेको हो।,

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले उद्दमशीलता विकासका लागि विभिन्न काम गरेको जानकारी पनि दिनुभयो। सो अवसरमा उहाँले बिना धितो ऋण दिलाउने व्यवस्था गरेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो’ अब तपाईहरुले नयाँ र राम्रो खालको उद्यम गर्न चाहनुहुन्छ भने तपाईंहरुको परियोजना हेरेर बैंकले ऋण दिन्छ त्यो ऋणको ब्याज प्रदेश सरकारले तिरिदिन्छ ऋण लिँदा धितो राख्नु पर्दैन।,