हाम्रो पेज
पोर्चुगलको जितमा रोनाल्डो नायक,घानाले इङ्ल्यान्डलाई बराबरीमा रोक्यो,कोलम्बिया नकआउटमा
काठमाडौं, १० असार । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार राति सम्पन्न विभिन्न खेलहरूमा पोर्चुगल, क्रोएसिया र कोलम्बियाले महत्वपूर्ण जित हात पार्दा इंग्ल्याण्ड र घाना भने गोलरहित बराबरीमा रोकिएका छन्। यी नतिजासँगै केही टोलीले नकआउट चरणको यात्रा सुनिश्चित गरेका छन् भने केहीको सम्भावना अझै जीवित रहेको छ। समूह ‘एल’ अन्तर्गत क्यानडाको टोरन्टोमा भएको खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफ सुरु भएपछि मैदान प्रवेश गरेका आन्ते बुडिमिरले ५४औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।
यो खेल क्रोएसियाका कप्तान लुका मोड्रिचका लागि विशेष बन्यो। उनले राष्ट्रिय टोलीका लागि आफ्नो २००औं अन्तर्राष्ट्रिय खेल खेल्दै ऐतिहासिक कीर्तिमान कायम गरे। मोड्रिच यो उपलब्धि हासिल गर्ने क्रोएसियाका पहिलो तथा विश्व फुटबल इतिहासका चौथा खेलाडी बने। सन् २००६ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले हालसम्म २९ अन्तर्राष्ट्रिय गोल गरेका छन्। अन्तर्राष्ट्रिय खेल संख्यामा क्रिस्टियानो रोनाल्डो २३० खेलसहित शीर्ष स्थानमा छन् भने बादेर अल मतावा र लियोनल मेस्सी २०१–२०१ खेलसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
उता, अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० को फराकिलो अन्तरले हराउँदै आफ्नो दबदबा कायम राख्यो। कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा नुनो मेन्डेसले एक गोल थपे। रोनाल्डोले छैटौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई बलियो अवस्थामा पुर्याए। पोर्चुगलले पहिलो हाफमै ३–० को सहज अग्रता बनाएको थियो। पोर्चुगलले अब समुहको अन्तिम खेल कोलम्बियासँग २७ जुनमा खेल्नेछ । त्यसअघि कोलम्बियाले बुधबार बिहान डिआर कंगोसँग आफ्नो दोस्रो खेल खेल्नेछ ।
रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दैं लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदै पोर्चुगललाई सुरुमै अग्रता दिलाएका थिए । समूहको पहिलो खेलमा डिआर कंगो विरुद्ध गोल गर्न असफल भएका रोनाल्डोले उज्वेकिस्तान विरुद्ध सुरुमै गोल गर्दै ६ विश्वकपमा गोल गर्ने एक्लो खेलाडी बने ।रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका हुन् । रोनाल्डोको गोलपछि पोर्चुगलले सुरुवातदेखि ने उज्वेकिस्तानलाई दबाबमा राखेको थियो । फलस्वरुप नुनो मेन्डेजले १७औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । रोनाल्डोले पहिलो हाफमा दोस्रो गोल गर्ने क्रममा ३९औं मिनेटमा गोल थपे । यो गोलले पहिलो हाफमा पोर्चुगलले ३(० को अग्रता बनायो । पहिलो हाफमै दुई गोल गर्दे रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए । उनले युसोबियाको नाममा रहेको ९ गोलको कीर्तिमान तोड्दै १० गोल गरेका हुन् ।
यस्तै, मेक्सिकोको ग्वाडालाहारामा भएको खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यमाथि १–० को कठिन जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ड्यानियल मुन्योसले ७६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। अर्कोतर्फ, इंग्ल्याण्ड र घानाबीचको प्रतिस्पर्धात्मक खेल भने गोलरहित बराबरीमा टुंगियो। पहिलो खेल जितेका दुवै टोलीले एक–एक अंक बाँड्दै समूह तालिकामा चार–चार अंक पुर्याएका छन्। इंग्ल्याण्डले पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो भने घानाले पानामालाई १–० ले हराएको थियो।
यी नतिजापछि समूह चरणको प्रतिस्पर्धा अझ रोचक बनेको छ। कोलम्बियाले नकआउट चरणमा स्थान सुनिश्चित गरिसकेको छ भने क्रोएसियाले पानामामाथिको महत्वपूर्ण जितसँगै अन्तिम ३२ मा पुग्ने आशा कायम राखेको छ। पानामाको अवस्था भने कठिन बनेको छ र समूह चरणबाट अघि बढ्ने सम्भावना निकै कमजोर भएको छ।