search logo
NOTIFICATIONS

  आज यी प्रदेशमा हुरी र असिनासहित वर्षाको सम्भावना

हाम्रो पेज

२१ आश्विन २०८३, बुधबार ०७:२६

काठमाडौं, २१, आश्विन । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा कास्कीको मालेपाटन केन्द्रमा ३४ दशमलव मिलिमिटर भएको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ६ः३८ बजे जनाएको छ। मौसम महाशाखाका अनुसार उक्त अविधमा कोसी, बगमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।

आजका लागि यस्तो छ प्रक्षेपण
दिउँसो स् देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल तथा बाँकी तराई भेगमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेसलगायत कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिनासहित मध्यमवर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः कोसी प्रदेशका सबै स्थान तथा देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने छ। तराईको आकाशमा आंशिक बादल लाग्नेछ। बिहानीपख तराई भूभागमा हुस्सुरकुहिरो पनि सम्भावना छ। देशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।