हाम्रो पेज
विराटनगर, २७ श्रावण I नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको विकास र जनजीवनको उन्नतिका लागि राजनीतिक दलहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ।कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सङ्घीयतापछि मुलुकले विकासमा फड्को मारेको चर्चा गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद सदस्य विनोद ढकाल, समाजसेवी श्याम पौडेल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीलगायतले स्वर्गीय सिग्देलको योगदानको चर्चा गर्नुभएको थियो I
प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा उद्यमी चेतन निरौला र महिला उद्यमी अम्बिता भण्डारीलाई सम्मान गरिएको थियो I यस्तै २१ हजार एकसय १५ नगद राशिको पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई प्सरदान गरियो I यसैगरि स्वर्गीय सिग्देलले अध्ययन गरेको सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयबाट २०८० र २०८१ सालको एसईई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीद्वय पिंकीकुमारी स्वर्णकार र सुशीलकुमार खत्वेलाई जनही नगद एघार हजार एकसय एघार रुपैयाँसहित प्रसंसा पत्र प्रदान गरियो I विराटनगरका युवा व्यवसायी कृष्णप्रसाद सिग्देलको २०६६ साल श्रावण २७ गते हृदयघातका कारण निधन भएको थियो I त्यसयता उहाँको नाममा स्थापित यस प्रतिष्ठानले हरेक बर्ष पुरस्कार वितरण र सम्मान कार्यक्रम गर्दै आएको छ I