हाम्रो पेज
![]()
विराटनगर, ३२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराईनजिक र पूर्वतर्फ सरदर स्थान आसपास छ। जसका कारण यतिबेला बिहीबार देशभर आकाशमा साधारणतया बादल अलिअलि घाम पनि देखिएको अवस्था छ। अनि लुम्बिनी प्रदेशका केही स्थानमा, कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रेदशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका हिमाली भूभाग तथा कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश, कोसी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ। ‘खासगरी दिउँसो १र२ बजेपश्चात् बादल बढ्दै जाने र पानी पर्ने सम्भावना छ’ । उहाँलेभन्नुभयो , ‘अहिले भने काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ। घाम पनि देखिएको छ। तर यस्तो अवस्था १र२ घण्टासम्म मात्र रहला। त्यसपछि मौसम बदली हुँदै जाने सम्भावना छ।’
आज यी जिल्लामा बाढीको जोखिम
आज काठमाडौँसहित ३४ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा बाढी आउने र जोखिम निम्तिने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, पाल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। यसैगरी आज ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सिन्धुली, दोलखा, रामेछाप र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

वर्षापछि बाढीपहिरो जाँदा आज देशका विभिन्न ८ वटा सडक अवरुद्ध भएका छन्। त्यसैगरी ६ वटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ। मेची राजमार्गमा पर्ने इलामको इलाम नगरपालिका ९ राजदुवालीमा सडक अवरुद्ध हुँदा अहिले झापा ताप्जेजुङ सडकमा गाडी चलेका छैनन्। उक्त सडक अवरुद्ध भए पनि बैकल्पिक बाटोबाट सवारी चलेका प्रहरीले जनाएको छ। त्यसैगरी सम्भावित बाढीको कारण बीपी राजमार्ग पनि अहिले अवरुद्ध छ। त्यसैगरी पहिरोको कारण कान्ती लोकपथ पनि अवरुद्ध छ। सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, अर्घाखाँचीमा सालभण्डी ढोरपाटन सडक र गुल्मीमा रुद्रवेणी सडक पनि बाढीपहिरोले अवरुद्ध छ। त्यसैगरी भोजपुरको मध्यपहाडी राजमार्ग, मकवानपुरको भिमफेदीमा कान्तिलोकपथ, कास्कीमा नयाँपुल धान्द्रुक सडक, बागलुङमा मध्यपहाडी लोकमार्ग, गुल्मीमा कालीगण्डकी करिडोर सडकमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन्।