हाम्रो पेज

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले भरतपुरतर्फबाट जाने सवारी साधनलाई भरतपुरको केन्द्रीय बसपार्क, आँपटारी, रामनगर जुगेडी लगायतका क्षेत्रमा रोकिने जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौंबाट पोखरा र नारायणगढतर्फ आउने सवारी साधनलाई मुग्लिन,कुरिनटारमा र पोखराबाट आउने सवारी साधनलाई तनहुँ तिर नै विभिन्न ठाँउमा रोक्न समन्वय गरिएको छ । ट्राफिक प्रहरी प्रमुख थापाले राजमार्ग बन्द रहने सूचना विभिन्न सामाजिक सञ्जाल प्रहरीका चेकपोष्टहरुमार्फत दिइरहेको बताउनुभयो । उहाँले पूर्वी नवलपरासीतिरबाट आउने सवारी साधनलाई गैंडाकोट तथा भेडावारी र थुम्सी लगायतका क्षेत्रमा व्यवस्थित तरिकाले राख्न समन्वय भैरहेको बताउनुभयो । पहिरो प्रभावित क्षेत्रमा कुनै पनि सवारी साधन नराख्ने नीति अनुरुप १० बजे नै सबै सवारीलाई सुरक्षित स्थानमा लैजाने प्रवन्धका लागि पहल भैरहेको उहाँको भनाइ छ ।
सवारी आवागमन बन्द अवधिमा थप सूचना, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल नेपालको नम्बर १११४, जिल्ला आपतकालीन सञ्चालन केन्द्रको नम्बर १२३४ सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार सूचनामा मौसमको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त निर्णय लागू रहने छ।
