हाम्रो पेज

मंगलबार बिहान करिब साढे ७ बजे कोइराला अचानक अचेत भएपछि प्रहरीले कोशी अस्पताल पुर्याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले बिहान करिब ११ बजे मृत घोषणा गरेका थिए। मृतकको यसअघि टाउकाको शल्यक्रिया भएको खुले पनि मृत्युको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यस्तै, भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया दुई तलामाथिबाट हामफाल्दा दाहिने खुट्टा भाँचिएको छ। उनी एम्बुलेन्स चालक रहेको प्रहरीले जनाएको छ। खुट्टा भाँच्चिएका घाइतेको भने श्री अस्पतालमा उपचार भइरहेको छ । पासवानको घरबाट प्रहरीले मृतक कोइराला र घाइते मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको थियो । प्रहरीले घटनास्थलबाट ४८ हजार ३ सय ९५ रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ।