हाम्रो पेज
विराटनगर, ५ असार । विराटनगर–५ स्थित एभरेष्ट कलेजका शतप्रतिशत विद्यार्थी कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका भएका छन् । राष्ट्रिय शिक्षा बोर्डले आज सार्वजनिक गरेको २०८२ सालको कक्षा १२ को परिक्षाफल अनुसार एभरेष्टको शतप्रतिशत नतिजा आएको हो ।
कलेजका प्रिन्सिपल टीकाराम पुरीका अनुसार एकसय ३२ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिएकोमा सबैजना उत्कृष्ट जीपीएका साथ उत्तीर्ण भएका हुन् । शैक्षिक क्षेत्रमा अब्बल मानिएको एभरेष्टले हरेक परिक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने गरेको भन्दै प्रिन्सिपल पुरीले त्यसकै निरन्तरता भएको बताउनुभयो ।
कलेजका प्रशासन प्रमुख रक्कि यादवका अनुसार ५७ जना ए प्लस ल्याएर उत्तिर्ण हुँदा ६६ जना ए ल्याएका छन् । यस्तै बी प्लस ल्याएर ९ जना उत्तीर्ण भएका छन् ।
यसैबीच कलेजले यसै शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन सुरु गरेको छ I काठमाडौं विश्वविद्यालयको सम्बन्धन पाएको एभरेष्ट कलेजले बीआईटीको लागि आवेदन खुला भइसकेको जानकारी दिएको छ । समयमा कोर्ष पुरा गर्ने, समयमा परीक्षा लिने र समयमै परीक्षाफल प्रकाशन गर्ने विश्वविद्यालयका रुपमा परिचित काठमाडौं विश्वविद्यालयको बीआईटी एभरेष्ट कलेजमा सुरु भएको हो ।