काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटना

हाम्रो पेज

४ चैत्र २०८२, बुधबार १३:२४

खोटाङ, ४ चैत । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभयो । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताउनुभयो । हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए। दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताउनुभयो। अरु यात्रु सकुशल छन्। प्रहरीका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते हुनु भएको छ । उहाँलाई उपचारको लागि एयर डाइनेस्टिकै अर्को हेलिकप्टरले काठमाडौँ लगेको छ ।