हाम्रो पेज

काठमाडौं, १७ जेष्ठ, एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनविरुद्ध सानदार जित हासिल गरेको गरेको छ। आज ९आइतबार० बिहान सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनविरुद्ध २ सय २१ रनको फराकिलो जित दर्ता गरेको हो।
नेपालले दिएको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन ४ बलअगावै ९२ रनमा समेटियो। चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिए। उनले १दशमलव२ ओभरमा १ मेडन राख्दै ३ विकेट लिएका हुन्। सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट लिए। नन्दन यादवको नाममा १ विकेट रह्यो। सेनजियान झेङले बनाएको ३१ रन नै चीनका लागि सर्वाधिक रह्यो। डु जिनहाओले १७ र कप्तान टियान सेनक्वुनले १२ रन बनाए। त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रनको योगफल तयार पारेको हो। टी२० आई इतिहासमा नेपालले दिएको यो दोस्रो ठुलो विशाल लक्ष्य हो। नेपालले यसअघि २०२३ मा हाङझाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो। दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी २० त्रिकोणात्मक सिरिजमा पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि गरेको साझेदारीको कीर्तिमान तोडेका छन्। सिंगापुरमै पारस र आरिफले सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि १ सय ४५ रनको अविजित साझेदारी गरेका थिए। समग्रमा यो नेपालका लागि कुनै पनि विकेटका लागि भएको दोस्रो ठुलो साझेदारी हो। यसअघि २०२३ को हाङझाउमा भएको एसियाली खेलकुदमा रोहित पौडेल र कुशल मल्लले मंगोलियाविरुद्ध तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए। विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल १ सय २९ रन बनाउँदै पेभेलियन फर्के। ४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका कुशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगे। कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरेका थिए। नेपालका लागि टी(२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा भुर्तेल उक्लेका छन्। भुर्तेलले ७७ खेलमा २ शतक सहयोगमा ९९ छक्का प्रहार गरेका छन्। यसअघि दीपेन्द्रसिंह ऐरीले टी २० आईमा ८९ छक्का प्रहार गरेका थिए। रोहित पौडेल १९ बलमा ५ चौका र ६ छक्का सहयोगमा ६९ रनमा अविजित रहे। कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार सहयोगमा ९५ रनमा अविजित रहे।
एसियन गेम्स छनोटः चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ?

यो खेलमा नेपालले केही महत्त्वपूर्ण रेकर्ड बनाएको छ । केही नेपाली खेलाडीका रेकर्ड तोडिएका छन् । नेपालका लागि कुशल भुर्तेलले ३४ बलमा शतक प्रहार गरेका छन् । उनले ४३ बलको सामना गर्दै १२९ रन बनाए । उनले शतक प्रहार गर्दा हिर्काएको १६ छक्का एउटै इनिङमा नेपाली खेलाडीले बनाएको सबैभन्दा धेरै हो । यसअघि टी–२० क्रिकेटमा नेपालका कुशल मल्लले हिर्काएको १२ छक्काको रेकर्ड उनले तोडेका हुन् । बाउन्डी रनको कुशल मल्लकै रेकर्डसमेत कुशल भुर्तेलले तोडेका छन् । चीनविरुद्धको खेलमा भुर्तेलले ११६ रन चौका र छक्काबाट मात्र बनाए । यसअघि मल्लले एउटै इनिङमा चौका र छक्काबाट अर्थात् बाउन्डी हानेर मात्र १०४ रनको रेकर्ड कायम गरेका थिए । टी–२० मा सर्वाधिक छक्काको रेकर्डसमेत भुर्तेलले तोडेका छन् । यसअघि दीपेन्द्रसिंह ऐरीको नाममा रहेको ८९ छक्काको रेकर्ड तोड्दै भुर्तेलले टी–२० मा ९९ छक्का प्रहार गर्ने नेपाली खेलाडीका रुपमा नयाँ रेकर्ड बनाएका हुन् । यसैगरी भुर्तेलले यसअघि एउटै ओभरका ६ बलमा छ छक्का हानेर दीपेन्द्रले नै बनाएको रेकर्डसमेत बराबरी गरेका छन् । उनले चीनविरुद्ध नवौं ओभरमा ६ बलमा ६ छक्का हिर्काएका हुन् । टी–२० को एउटै इनिङमा नेपालले सर्वाधिक छक्काको रेकर्डसमेत बनाएको छ । चीनविरुद्धको खेलमा नेपालले २९ छक्का प्रहार गर्दै सर्वाधिक छक्काको रेकर्ड बनाएको हो । नेपालले चीनविरुद्ध मात्र दुई विकेट गुमाएर ३१३ रन बनाउँदै सर्वाधिक ठूलो रनको चुनौतीको रेकर्डसमेत बनाएको छ ।