हाम्रो पेज
काठमाडौं, १ जेठ । प्रतिनिधि सभाले आगामी आर्थिक वर्ष २०८३, ०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूको अवरोधका बीच उक्त नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले सदनको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गर्नुभएको थियो । सत्तापक्षीय सांसदहरूको बहुमत समर्थनसँगै सभामुखले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध पारेका थिए । प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएको भन्दै नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बैठक बहिष्कार गरेर बाहिरिएका थिए । अर्कोतर्फ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले बेल घेराउ र उभिएर विरोध प्रदर्शन जारी राखेका थिए । काँग्रेसको अवरोध र अन्य दलको बहिष्कारका बीच सभामुख अर्यालले सदनको कारबाही अगाडि बढाउँदै बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित गराउनुभएको हो । सरकारले प्रश्तुत गरेको यस नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका प्राथमिकता र कार्ययोजनाहरू समेटिएका छन् । सदनबाट पारित भएसँगै अब सरकारलाई बजेट निर्माण र कार्यान्वयनको मार्ग प्रशस्त भएको छ ।