गुटगत राजनीति गरेको छैन: निवर्तमान राष्ट्रपति भण्डारी

हाम्रो पेज

२८ जेष्ठ २०८२, बुधबार १२:३१

विराटनगर, २७ जेठ I निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले बताउनु भएको छ । विराटनगमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफुले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताउनु भयो ।

पार्टीका कार्यक्रमहरुमा र कार्यकर्ता भेटघाटमा समेत भण्डारीको सक्रियता बढेपछि यसप्रति एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री कृपी शर्मा ओलीले असन्तुष्टि जनाइरहेका बेला भण्डारीको यो अभिब्यक्ति आएको हो । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नमा उहाँले एमाले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको समेत बताउनु भएको छ । ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ । पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ’, उहाँले भन्नुभयो, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुप¥यो, भेटघाट गर्दै गर्नुप¥यो, के छ जनताको विचार, आकांक्षाहरू? नयाँ पुस्ता के चाहन्छन ? त्यसलाई पूरा गर्न, मैले सुरुमै भनेँ– राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ । त्यो हाम्रो परम कर्तव्य हो। त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ– नयाँ पुस्ताका लागि देशका लागि । त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन।’ यसअघि ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गर्नभएको थियो । आइतबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनको मिति नै घोषणा नभएको बेलामा भ्रमको पछि नलाग्न आग्रह गर्नभएको थियो । पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने समाचार बाहिरिरहेको बेलामा ओलीले फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गर्नभयो । उहाँले गुट नै बनिसके भन्दै प्रचार गरिएको उल्लेख गर्दै गुटको कुरा गर्नेहरूको प्रतिकार गर्न निर्देशन दिनभएको थियो । पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै महाधिवेशन घोषणा पनि नभएको र महाधिवेशनमा के गर्ने भन्ने सरसल्लाह नै नभएको ओलीले बताउनु भएको थियो । भण्डारीले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गर्नभयो। भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना बिचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताउनुभयो । एमालेको सङ्गठित सदस्य लिनु भन्दा अगाडी देखि नै पार्टीमा काम गरेको र सवैसंग चिनजान रहेकाले आफुलाई कार्यक्रममा बोलाउनु स्वभाविक रहेको उहाँको भनाई छ ।