युवा उद्यमीले भेटे इजरायली राजदुत, उद्यमशीलताको विकासमा चासो

हाम्रो पेज

१२ भाद्र २०८२, बिहीबार १४:१४
विराटनगर, १२ भदौ । नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) विराटनगर च्याप्टरले नेपालकालागि इजरायलका राजदूत श्मुलिक एरिसँग भेट गरेको छ।
विराटनगर च्याप्टरका अध्यक्ष संजीव सिग्देल, पूर्व अध्यक्ष सृजन प्याकुरेललगायत पदाधिकारी र सदस्यहरुसहितको टोलीले राजदुत एरिसंग बिहीवार विराटनगरमा भेट गरेको हो I
भेटका क्रममा युवा उद्यमी मंचको टोलीले इजरायलका युवा उद्यमीहरूसँगको सहकार्य, नेपालमा उद्यमशीलताको विकासमा प्रविधिको भूमिका तथा यसको उपयोगबारे राजदूतसँग जिज्ञासा राखेका थिए।
सो अवसरमा राजदूत एरिले मंचको टोलीलाई धन्यवाद दिँदै नेपाल–इजरायल सम्बन्धलाई अझ प्रगाढ बनाउन सकारात्मक पहल गर्ने बताएको विराटनगर च्याप्टरका लर्निंग चेयर सागर राज ढुंगानाले जानकारी दिनुभयो I
राजदुतसंगको भेटले दुवै पक्षबीच आगामी दिनमा उद्यमशीलता, प्रविधि र नवप्रवर्तन (इनोभेशन) का क्षेत्रमा सहकार्य गर्ने सम्भावना बढ्ने मंचको विश्वास रहेको ढुंगानाले बताउनुभयो ।