आज यी प्रदेशमा ‘धेरै भारी’ वर्षा हुने सम्भावना,३५ जिल्ला र आसपास ठुलो बाढीको सम्भावना

हाम्रो पेज

३ श्रावण २०८३, आईतवार ११:४१
यी ३५ जिल्ला र आसपास ठुलो बाढीको सम्भावना

काठमाडौं, ३ श्रावण । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल ९आइतबार बिहान० देशभर अधिकांश बादल लागेको छ। कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। आज दिउँसोः देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग र मधेस प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

रातिः देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका अधिकांश स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा बागमती प्रदेशका हिमाली, पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँसहित यी ३५ जिल्ला र आसपास ठुलो बाढीको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने क्रम जारी रहने मौसमविद्ले बताएका छन्। मौसम महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अहिले बिहान पनि काठमाडौँ उपत्यकाका कतै कतै हल्का पानी परिरहेको छ। मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ।
‘कतै कतै भारी वर्षा पनि हुन सक्छ तर भारी वर्षाको सम्भावना अलि कम नै देखिएको छ’, उहाँले भन्नुभयो । बाढी पूर्वानुमान महाशाखाले आज आइतबार पनि देशका विभिन्न जिल्लामा बाढीको सम्भावना देखिएको जानकारी गराउँदै जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुरसहित ३५ जिल्ला र आसपासका खोला नदीमा ठुलो बाढी आउने सम्भावना देखिएको हो।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’