NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, १३ श्रावण । विराटनगरका क्रियाशील पत्रकार सुदीप कोइरालालाई यस वर्षको प्रतिष्ठित ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल, मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको एक गरिमामय समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोइरालालाई नगद १५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गर्नुभयो। करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहनुभएका कोइराला हाल कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिका कोषाध्यक्ष हुनुहुन्छ। उहाँ प्रेस चौतारी मोरङका पूर्वअध्यक्षसमेत हुनुहुन्छ। विक्रम संवत् २०६६ सालमा स्थापित यो पुरस्कार पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ। यो पुरस्कार यसअघि पत्रकारिता क्षेत्रका १६ जना विशिष्ट व्यक्तित्वहरूलाई प्रदान गरिसकिएको छ।