विराटनगरस्थित गोल्डेन अस्पतालद्वारा उपचार एवम् शल्यक्रियामा भारी छुट योजना सार्वजनिक

हाम्रो पेज

२६ असार २०८२, बिहीबार १६:२७
विराटनगर, २६ अषाढ । विराटनगर ११, जनपथ टोलस्थित गोल्डेन अस्पताल प्रा. लि. ले उपचार एवम् शल्यक्रियामा भारी छुटको योजना ल्याएको छ । अस्पतालले आज पत्रकार सम्मेलन गरेर उपचार एवम् शल्यक्रिया शुल्कमा भारी छुट सुविधा योजना सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सञ्चालक सनातन मण्डलले जनताको गुनासो र सुझावलाई मध्यनजर गर्दै अस्पतालले छुट सुविधाको योजना ल्याएको जानकारी दिनुभयो । छुट सेवाको योजनाले लामो समयदेखि शल्यक्रियाकालागि प्रतिक्षारत विरामीले लाभ लिन सक्ने उहाँको भनाइ छ । सञ्चालक मण्डलका अनुसार यो छुट सुविधा अस्पतालको यसअघिको शुल्क र अन्य अस्पताल लिने शुल्क भन्दा २५ देखि ३० प्रतिशत सम्मले कम हो । बीमाबाट गरिने उपचार खर्च भन्दा पनि गोल्डेन अस्पतालमा गरिने खर्च कम छ, मण्डलले भन्नुभयो । उहाँले अस्पतालले बिरामीलाई विश्वासिलो, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्नेमा विश्वस्त हुन आग्रह पनि गर्नुभयो ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार अस्पतालमा हाईड्रोसिलको शल्यक्रिया १९ हजार नौसय ९९, एपेण्डिक्सको शल्यक्रिया १९ हजार नौसय ९९, पाठेघरको शल्यक्रिया २४ हजार नौसय ९९, सिजेरियन डेलिभरी पन्ध्र हजार , सामान्य डेलिभरी चारहजार नौसय ९९, अनुहारको शल्यक्रिया ३४ हजार नौसय ९९ र कानको जालि फुटेको शल्यक्रिया २४ हजार नौसय ९९ मा हुनेछ I यस्तै मुत्रनलीमा भएको पत्थरीको शल्यक्रिया २४ हजार ९९, किड्नीमा भएको पत्थरीको शल्यक्रिया ३४ हजार नौसय ९९, टनसिलको शल्यक्रिया २९ हजार नौसय ९९, नाक बाङ्गो भएको शल्यक्रिया २९ हजार नौसय ९९ र पीत्तथैलीको पत्थरीको शल्यक्रिया ३९ हजार चारसय ९९ रुपैयाँ तोकिएको छ I
बालबालिका तथा बृद्धबृद्धालाई विशेष छुट
यसैबीच अस्पतालले ८० वर्षमाथिका वृद्धवृद्धाको उपचार गर्दा उल्लेखित शुल्कमा ५० प्रतिशत र पाँच बर्ष भन्दा मुनिका बालबालिकालाई सघन उपचार बाहेक अन्य सम्पूर्ण सेवामा २५ प्रतिशत छुट दिने बताएको छ ।
यस्तै उल्लेखित छुट सुविधा बाहेक पनि नेपाल सरकारले अघि सारेको ‘सर्वसुलभ स्वास्थ्य सेवा’ को अवधारणालाई आत्मसाथ गर्दै सहुलियत दरमा गुणस्तरीय सेवा प्राप्त गर्ने नागरिकको चाहनाप्रति जिम्मेवार भएर उपचार सेवा तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिईने अस्पतालका प्रमुख कार्यकारी अधिकृत ज्याउल हकले बताउनु भयो ।

पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक एवम् वरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियारले अस्पतालमा दिईने सेवा तथा सबै शल्यक्रिया १५ वर्ष भन्दा बढीको अनुभव भएका वरिष्ठ विशेषज्ञ चिकित्सकमार्फत गरिने बताउनुभयो । उहाँले यस अस्पतालमा ढुक्क र विस्वस्त भएर उपचार सेवा लिन आग्रह पनि गर्नुभयो I स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको बताउँदै डा. रौनियारले मातृ र शिशु स्वास्थ्य सेवा अस्पतालको विशेष प्राथमिकतामा रहेको प्रष्ट पार्नुभयो ।

उहाँले नागरिकले शल्यक्रिया सेवाका लागि भोगिरहेको लामो र झन्झटिलो प्रक्रिया अन्त्य गर्ने बताउँदै सस्तो शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन, मातृ तथा शिशु मृत्युदर घटाउन र विशेषज्ञ चिकित्सकमार्फत सुरक्षित शल्यक्रिया सुनिश्चित गर्न अस्पताल प्रतिवद्ध  रहेको बताउनुभयो ।