हाम्रो पेज

काठमाडौं, ५ असार । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा शुरु गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम ९नेपाली वा अङ्ग्रेजी०, जन्म मिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ । कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकामा अब कार्डमा रहेको क्युआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्सामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले अनुरोध गरेको छ ।
हालसम्म विभिन्न सार्वजनिक निकाय वा संस्थाले विभागको पोर्टलबाट प्रिन्ट गरिएको फोटोसहितको निस्सा हेरेर सेवा प्रवाह गर्दै आएका थिए । तर, अब उप्रान्त ईएनआईडी कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी त्यसमा देखिएको विवरण र नागरिकले देखाएको निस्साका विवरणहरू भिडाएर मात्र सेवा प्रवाह गर्न विभागले सबै सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । यो सेवा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा विभागले आफ्नो वेबसाइटमा युजर म्यानुअलसमेत उपलब्ध गराएको छ । विभागले यो सेवा सुरु भएको जानकारी दिए पनि सेवाग्राहीले भल्क्ष्म् डाउनलोड गर्ने क्रममा क्याप्चा अप्सन नआएको गुनासो गरेका छन् ।