विराटनगरका कुन विद्यालय कुन श्रेणीमा ? क श्रेणीमा ६ विद्यालयमात्रै

हाम्रो पेज

२२ बैशाख २०८३, मंगलवार ११:५१
विराटनगरका १२१ निजी विद्यालयमा ५३को वर्गीकरण सार्वजनिक

विराटनगर २१, वैशाख । विराटनगर महानगरपालिकाले निजी लगानीमा सञ्चालित विद्यालयहरूको वर्गीकरण सार्वजनिक गरेको छ। महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, विराटनगर–मोरङले २०८३ असोज २९ गते सार्वजनिक गरेको सूचनाअनुसार नगर शिक्षा समितिको निर्णयबमोजिम विद्यालयहरूको वर्गीकरण गरिएको हो।
विराटनगरका १२१ निजी विद्यालयमध्ये ५३ विद्यालयको वर्गिकरण गरिएको छ । महानगरभित्र सञ्चालनमा रहेका १२१ विद्यालयमध्ये हालसम्म ५३ वटा निजी विद्यालयलाई वर्गीकरण सूचीमा समावेश गरिएको छ। शिक्षा नियमावली २०५९ ले तोकेको मापदण्ड अनुसार क, ख, ग र घ गरी चार श्रेणीमा विद्यालयहरू वर्गीकरण गरिएको महानगरले जनाएको छ। महानगरले जानकारी गराएअनुसार वर्गीकरणका लागि निवेदन दिएका विद्यालयहरूलाई मापदण्डअनुसार ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा राखिएको छ। साथै, यसअघि जिल्ला शिक्षा कार्यालयबाट वर्गीकृत भई आएका विद्यालयहरू सोही वर्गअनुसार कायम रहने जनाइएको छ। सूचनामा वर्गीकरणका लागि निवेदन नदिएका विद्यालयहरू स्वतः ‘ग’ श्रेणीमा पर्ने उल्लेख गरिएको छ। यस्ता विद्यालयले आफ्नो श्रेणी सुधार गर्न चाहेमा नियमअनुसार पुनः निवेदन दिन सक्ने व्यवस्था पनि गरिएको महानगरले जनाएको छ। प्रकाशित सूचीमा सेन्ट मेरिज, सेन्ट जोसेफ, लिलिपुट प्रिमियर, विराट चिल्ड्रेन एकेडेमी, दिल्ली पब्लिक स्कुल लगायतका विद्यालय ‘क’ श्रेणीमा परेका छन् भने अन्य विभिन्न विद्यालयहरू ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकृत गरिएको छ।  महानगरपालिकाले यो वर्गीकरणले शिक्षा क्षेत्रमा गुणस्तर सुधार, प्रतिस्पर्धात्मकता वृद्धि र व्यवस्थापनमा पारदर्शिता ल्याउने अपेक्षा गरेको जनाएको छ।

कुन विद्यालय कुन श्रेणीमा ?
श्रेणी क ६ विद्यालय
सेन्ट मेरिज माध्यमिक विद्यालय
सेन्ट जोसेफ माध्यमिक विद्यालय
लिलिपुट प्रिमयर एलिमेन्ट्री स्कुल एण्ड विराट चिल्ड्रेन एकेडेमी
दिल्ली पब्लिक स्कुल
अरिनको माध्यमिक विद्यालय
शिक्षादीप माध्यमिक विद्यालय

श्रेणी ख १३ विद्यालय
डनवस्को इ बो स्कुल
एजेलिया सेकेन्डरी बो स्कुल
जेम्स इन्टरनेशनल सेकेन्डरी बो स्कुल
बुढानीलकण्ठ अंग्रेजी स्कुल
श्री श्री रविशंकर विद्या मन्दिर
मोडर्न एरा इ स्कुल
इडेन नेशनल बो स्कुल
पोलस्टार नेशनल इ बो स्कुल
हेरिटेज इन्टरनेशनल विराटनगर स्कुल
अर्पण इ स्कुल
सिद्धार्थ शिशु सदन मा वि
सप्तकोशी इ. स्कुल
भानु मेमोरियल इ बो स्कुल

शिक्षा नियमावली २०५९ ले तोकेको मापदण्ड अनुसार क, ख, ग र घ गरी चार श्रेणीमा विद्यालयहरू वर्गीकरण गरिएको महानगरले जनाएको छ। नियमावलीको परिच्छेद २४ को नियम १४५ अन्तर्गत विद्यालय वर्गीकरणसम्बन्धी व्यवस्था रहेको छ। शिक्षा प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार विद्यालयको भौतिक पूर्वाधार, शिक्षकको दक्षता, उत्तरदायित्व र पारदर्शिता, सञ्चालन प्रक्रिया, शैक्षिक उपलब्धि तथा अन्य अतिरिक्त उपलब्धिका आधारमा वर्गीकरण गरिएको हो। उहाँका अनुसार ‘ग’ वर्गका विद्यालयलाई आधार मानेर शुल्क निर्धारण गरिएको छ। ‘ख’ वर्गका विद्यालयले ‘ग’ भन्दा बढीमा २५ प्रतिशत र ‘क’ वर्गका विद्यालयले ५० प्रतिशतसम्म मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको छ। वर्गीकरणका लागि महानगरको अनुगमन समितिले स्थलगत निरीक्षण गरी मूल्यांकन गर्ने व्यवस्था गरिएको छ। मूल्यांकनमा ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यालयलाई ‘क’ वर्ग, ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘ख’ वर्ग, ४० देखि ५९ प्रतिशतसम्मलाई ‘ग’ वर्ग र ३९ प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने विद्यालयलाई ‘घ’ वर्गमा राखिने गरिएको छ। महानगरले तोकेको शुल्क संरचनाअनुसार कक्षा ५ सम्म मासिक शुल्क २,५०० देखि ३,१०० रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ३,१०० देखि ३,८०० रुपैयाँ र कक्षा ९ देखि १२ सम्म ३,८०० देखि ५,९०० रुपैयाँसम्म निर्धारण गरिएको छ। यसबाहेक परीक्षा शुल्क, भर्ना शुल्क, खेलकुद शुल्क तथा शैक्षिक सामग्रीका नाममा लिइने अतिरिक्त शुल्कमा समेत सीमा निर्धारण गरिएको छ।