NOTIFICATIONS
हाम्रो पेज
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व बकर ईद (अजहा) भोलि शनिबार परेको छ। यस अवसरमा मुस्लिम आयोगको पत्रअनुसार सरकारले सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बकर ईद इस्लाम धर्मावलम्बीहरूको एक प्रमुख धार्मिक पर्व हो, जसलाई इस्लामी पात्रो अनुसार जुलहिज्जा महिनाको १० औं दिन मनाइन्छ। यो पर्व बलिदानको प्रतीक मानिन्छ र यसदिन मुस्लिम समुदायले पैगम्बर इब्राहिमले आफ्नो पुत्रलाई अल्लाहको आज्ञा अनुसार बलिदान गर्न तयार भएको सम्झना गर्दै पशुबलि दिने परम्परा छ । गृह मन्त्रालयले सबै नागरिकलाई जानकारी गराउँदै, सार्वजनिक बिदाको अवसरमा शुभकामना समेत ब्यक्त गरेको छ ।