सूर्य उपासनाको महान पर्व छठ सुरु, आज ‘नहाय–खाय’

हाम्रो पेज

२८ कार्तिक २०८३, शुक्रबार ०७:२५
विराटनगर, २७ कार्तिक । चार दिन मनाइने छठ पर्व आज कात्तिक २७ गते सुरु भएको छ। सूर्यदेव र षष्ठीदेवी छठीमाताको महिमा गाइने पर्वका लागि नजिकका नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइ गरिएको छ। गाउँघरमा बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरिएको छ। सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन्। धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ छठ मनाउने तयारीमा छन्। मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठको पहिलो दिन आज ‘नहाय–खाय’ गरिन्छ। दोस्रो दिन ‘खरना’ गरिन्छ भने तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ। छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन्। छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा छ।


आज नुहाइधुवाइ अर्थात् शुद्ध हुने विधिबाट प्रारम्भ हुन्छ । शनिबार खरना मनाइनेछ । यस दिनदेखि व्रतालुले औपचारिक रूपमा व्रत सुरु गर्नेछन् । त्यस्तै, आइतबार (२९ गते) अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिनेछ भने सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पारण गरी पर्व समापन हुनेछ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ। अहिले वीरगञ्ज, जनकपुर, विराटनगरसहित तराई–मधेस र काठमाडौंमा समेत छठको रौनक सुरु भएको छ । कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ। नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन्। बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सक्खर किनमेल गर्न स्थानीय व्यस्त छन।् मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई सजाउने कार्यसमेत तीब्र बनेको छ। पर्साको मुख्य आर्यनको केन्द्रमा रहेको घडीअर्वा पोखरी, रानीघाट र मुडी छठ को लागी दुलहीझैँ सिङ्गार्न सुरु गरिएको छ। यस्तै जनकपुरमा ताल र पोखरीहरुमा पनि सजावटको काम तीव्र रुपमा भइरहेको छ । यस्तै विराटनगरको सिंघिया, केसलिया खोला तथा स्थानीय नहरमा पनि छठको घाटको निर्माणको काम जारी राखिएको छ । उता काठमाडौंमा पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा छठ पर्व समापन हुने गर्दछ। छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन रही आएको छ।