हाम्रो पेज
विराटनगर, २९ माघ I नेकपा (एमाले) का नेता एवम् मोरंग क्षेत्र नं. ६ का प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उमेद्वार विनोद ढकाललाई पितृशोक परेको छ ।
ढकालका पिता बिष्णुप्रसाद ढकालको १०२ वर्षको उमेरमा आज (बिहीबार) बिहान ९ बजे विराटनगर ५, सम्झना चोक स्थित निवासमा निधन भएको हो ।
स्वर्गीय ढकालको आजै दिउँसो ३ बजे विराटनगर १ स्थित सिंघिया किनारको परोपकार घाटमा अन्त्येष्टि गरिने जनाईएको छ । स्वर्गीय ढकालका २ छोरा र ६ छोरी गरि ८ सन्तान मध्ये हाल १ छोरा (विनोद ढकाल) र ४ छोरी हुनुहुन्छ I एमाले नेता ढकाल स्वर्गीय ढकालका कान्छो सुपुत्र हुनुहुन्छ I
मोरङ क्षेत्र नं. ६ का उमेद्वार ढकाल चुनावी अभियानमा व्यस्त रहेकै बेला आफ्ना पिता गुमाउनु परेकोमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
पितृशोकमा रहेका ढकालप्रति समवेदना ब्यक्त गर्न नेकपा एमालेलगायत बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा आसन्न निर्वाचनका उमेद्वार समेत पुगेका छन् I
