search logo
NOTIFICATIONS

विराटनगर कांग्रेस सभापतिमा कृष्ण कार्की

हाम्रो पेज

१५ आश्विन २०८३, बिहीबार १६:५१

विराटनगर, १४ आश्विन । नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा कृष्णबहादुर कार्की फराकिलो मतान्तरसहित निर्वाचित हुनु भएको छ । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा कार्कीले ६४६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी केशव गिरीले १२६ मत पाउनुभयो । कार्की ५२० मतान्तरले विजयी हुनु भएको हो । ८९८ मतदाता रहेको महानगरमा ७९७ मत खसेको थियो। उपसभापति महिला पदमा श्रुती शर्मा ४९५ मतसहित निर्वाचित हुनु भएको छ । उहाँकी प्रतिस्पर्धी कृष्णाकुमारी साहले २२९ मत प्राप्त गर्नुभयो । महानगरबाट जिल्ला कार्यसमिति सदस्य महिलामा सावित्रा पोखरेल र उमा घिमिरे निर्वाचित हुनु भएको छ । खुलातर्फ ज्ञानेश्वर नेपाल, सुमन प्रसाईं र सुरेन्द्र भट्टराई सुगल विजयी हुनु भएको छ । खुला सदस्यतर्फ नेपालले २८८, प्रसाईंले २०५ र भट्टराईले २०४ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत विकास थापाका अनुसार मतदान बिहानदेखि सुरु भएको थियो।