NOTIFICATIONS
हाम्रो पेज
एजेन्सी, १० मंसिर । आगामी ७ फेब्रुअरीमा सुरु हुने टी–२० आई विश्वकपका लागि खेलतालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले मंगलबार तालिका सार्वजनिक गरेको हो । भारत र श्रीलंकामा हुने प्रतियोगिताका लागि नेपाल समूह सी मा परेको छ । नेपाल रहेको यो समूहमा विश्वविजेता टिमहरू वेस्टइन्डिज र इंग्ल्यान्ड तथा बंगलादेश र इटली रहेका छन् । यो समूहमा आईसीसीका दुईवटा मात्र टिम नेपाल र इटली छन् । नेपालले पहिलो खेलमा २५ माघमा इंग्ल्यान्डसँग भारतको मुम्बईमा खेल्नेछ । नेपालका सबै खेलमा भारतको मुम्बईमा हुने भएका छन् । दोस्रो खेलमा नेपालले माघ २९ गते इटलीसँग खेल्नेछ भने फागुन ३ गते वेस्टइन्डिजसँग खेल्नेछ । चौथो खेल फागुन पाँच गते बंगलादेशसँग खेल्नेछ । नेपालले बंगलादेश र वेस्टइन्डिजसँग खेलिसकेको छ भने इंग्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्नेछ । नेपाल समूह चरणमा शीर्ष २ मा पर्न सके सुपर ८ मा प्रवेश गर्नेछ । तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालले यस पटकको विश्वकपमा सुपर ८ सम्म पुग्ने लक्ष्य राखेको छ ।

उद्घाटन खेल पाकिस्तान र नेदरल्यान्ड्सबीच श्रीलंकाको कोलम्बोमा हुनेछ । प्रतियोगितामा नेपाललगायत २० वटा टिम सहभागी हुनेछन् । यी टिमलाई पाँच पाँचका दरमा चारवटा समूहमा बाँडिएको छ । हरेक समूहबाट शीर्ष दुई टिम अघिल्लो चरणमा जानेछन् ।

