पृथ्वीनारायण शाहको जन्मजयन्तीमा विराटनगरमा दीप प्रज्वलन

हाम्रो पेज

२८ पुष २०८२, सोमबार १३:०४

विराटनगर, २८ पुष । पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, विराटनगर नगर एकाइद्वारा महेन्द्र चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। आइतबार साझ एकता दिवसका अवसरमा परिषद्मा आवद्ध विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् । यस्तै विद्यार्थीहरुले विराटनगरका प्रबुद्धवर्गहरुलाई पृथ्वीनारायण शाहको फोटो समेत हस्तान्तरण गर्दै एकता दिवसको महत्वसहित शुभकामना ब्यक्त गरेको परिषद्का कोशी प्रदेश सचिव अभिषेक पोखरेलले जानकारी दिनुभयो ।

यसैबीच प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र सेवा तथा विकासका लागि युवा संस्थाको समन्वयमा उदयपुर जिल्लाका दुई सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। त्रियुगा नगरपालिका–१० स्थित श्री बालमन्दिर माध्यमिक विद्यालय र वडा नं ११ स्थित श्री त्रियुगा माध्यमिक विद्यालय, गाईघाटका ११० जना विद्यार्थीलाई झोला, कापी, ज्यामेट्री सेट वितरण गरिएको छ भने विद्यालयलाई नेपाली शब्दकोष र प्राज्ञिक बोलचाल पुस्तक हस्तान्तरण गरिएको हो। कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी राष्ट्रिय सचिव मुना बिष्ट, कोशी प्रदेश सचिव नरेशप्रसाद ताजपुरिया, प्रदेश सदस्य जीवशप्रसाद शाहलगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले शैक्षिक सामग्रीको उपलब्धताले विद्यार्थीको सिकाइ प्रक्रिया सहज हुने बताएका छन्। परिषद्ले यस्ता कार्यक्रम देशभर प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।