search logo
NOTIFICATIONS

सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर चारजनाको मृत्यु

हाम्रो पेज

१५ आश्विन २०८२, बुधबार १५:१९

सर्लाही, १५ आश्विन । सर्लाहीको हरिपुर्वा नगरपालिका १, हर्दी नदीमा दुखद घटना घटेको छ। दशैंका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्को खस्दा चारजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा दुई बालबालिका पनि छन्। मृत्यु हुनेहरूमा महोत्तरी सोनमा गाउँपालिका ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षीया छोरी नर्गिस खातुन रहेका छन्। आज बिहान ९ः२० बजेतिर माटोको ढिस्को खसेको थियो। घटनामा पुरिएका घाइतेहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। यस घटनाले स्थानीय समुदायमा गहिरो शोक छाएको छ।