हाम्रो पेज

कार्यक्रममा विद्यार्थीहरूलाई झोला, कापी र ज्यामिती बक्स जस्ता आवश्यक सामग्रीहरू प्रदान गरिएको थियो भने दुवै विद्यालयलाई नेपाली शब्दकोष र प्राज्ञिक बोलचाल पुस्तक जस्ता महत्वपूर्ण सन्दर्भ सामग्रीहरू पनि उपलब्ध गराइयो। उक्त गरिमामय कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकी राष्ट्रिय सचिव मुना बिष्ट, परिषद्का कोशी प्रदेश सचिव नरेश प्रसाद ताजपुरिया, कोशी प्रदेश सदस्य जीवश प्रसाद शाह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सचिव मुना बिष्टले शैक्षिक सामग्रीको उपलब्धताले विद्यार्थीहरूको शिक्षण सिकाईलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमहरूलाई अझ बृहत् र प्रभावकारी ढंगले देशभर सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। यस महत्वपूर्ण सहयोगका लागि त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेत तथा दुवै विद्यालय परिवारले प्राज्ञिक विद्यार्थी परिषद्, नेपालप्रति हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्नुभएको थियो।