search logo
NOTIFICATIONS

रास्वपा महाधिवेशन आज मतदान, ८० वटा विद्युतीय भोटिङ मेसिन तयार

हाम्रो पेज

१० असार २०८३, बुधबार ११:५५
रास्वपा महाधिवेशनमा मतदान गर्न एक जनालाई १५ मिनेट लाग्ने, विदेशबाट पनि भोटिङ


चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जना केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय निर्वाचन आयोगकाअनुसार भूगोल प्रदेश मा १७४ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ८५ जनाको उम्मेदवारी परेको छ । समावेशी समूहतर्फ ९६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारीमा अधिकांश मन्त्री, सांसद, सचिवालय सदस्यहरु छन् । उम्मेदवारको नाम मेसिनमा इन्ट्री गर्न ६ घण्टा समय लाग्ने निर्वाचन आयोगले जनाएको छ । रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत हिजोदेखि सुरु भएको बन्दसत्रमा करिब ४ हजार प्रतिनिधि सहभागी छन् ।

आयोगकाअनुसार एउटा व्यक्तिलाई भोट हाल्न १५ मिनेट लाग्नेछ । भोटिङका लागि ८० वटा मेसिन राखिएको छ । प्रवासबाट प्रतिनिधिलाई मोबाइल एपमार्फत मतदानको व्यवस्था गरिएको छ । एक व्यक्तिलाई ढिलोमा १५ मिनेट लागे पुरै मतदान सकिन कम्तिमा ८ देखि १० घण्टा लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ ।