
काठमाडौं, २७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भू भागमा आंशिक बादल लागेको छ भने तराई भूभागको मौसम मुख्यतया सफा छ। शुक्रबार पनि देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईको मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। यसैगरी, आज देशका हिमाली भू भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।