मैत्रीपूर्ण क्रिकेटको उपाधि प्रहरीको टोलीले जित्यो

हाम्रो पेज

२३ कार्तिक २०८२, आईतवार १३:५६
विराटनगर, २३ कात्तिक । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टर र मोरङ प्रहरीबीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा प्रहरीको टिम विजयी भएको छ ।
विराटनगर ६ स्थित मेरिब्रोन ज्वाला क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा एनवाईईएफको टोलीले दिएको एकसय ७ रनको लक्ष्य पछ्याएको प्रहरीको टिमले ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
पहिले ब्याटिङ गरेको युवा उद्यमीको टिमले १६ ओभरमा ७ विकेट गुमाउँदै एकसय ६ रन जोडेको थियो ।
प्रहरीको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरिक्षक अनमोल खड्का म्यान अफ दि म्याच घोषित भए ।
खेल उद्घाटनको अवसरमा बोल्दै मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक कवित कट्वालले खेलको माध्यमबाट प्रहरी र युवा उद्यमीबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले यसखाले कार्यक्रमले सबैसँग आत्मीयता बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।