हाम्रो पेज
विराटनगर, १८ आश्विन । विराटनगरको बरगाछीमा प्रहरी चौकीको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कविता कटवालले गरेका हुन् । प्रहरी चौकी बरगाछीको भवन निर्माण समितिका अध्यक्ष दीपक चापागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेशसभा सदस्य एवं पूर्व वन तथा पर्यटनमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो । भवन निर्माणको समन्वय भने बरगाछी चौकीका प्रहरी सहायक निरिक्षक पुष्प पोखरेलले गर्नुभएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो । नयाँ भवन निर्माणपछि बरगाछी क्षेत्रमा प्रहरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रहरी चौकीका लागि आवश्यक पूर्वाधार निर्माणसँगै स्थानीयस्तरमा सुरक्षा व्यवस्थापन र नागरिकलाई सहज रूपमा प्रहरी सेवा उपलब्ध गराउने वातावरण बन्ने विश्वास व्यक्त गरिएको छ । भवन निर्माण समितिले आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने जनाएको छ ।

