NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, २१ भाद्र । नेपाल पत्रकार महासंघ मोरङले यसवर्ष हरितालिका तीजका अवसरमा आयोजना गरेको कार्यक्रमको व्यवस्थापनमा लाग्ने खर्च रकम भोटेकोशी बाढी पीडितका लागि राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
चाडपर्व मनाउने क्रममा हुने अनावश्यक खर्चलाई विपद् प्रभावितको सहयोगमा प्रयोग गर्न सकिने सन्देश दिन पनि महासंघले यस्तो निर्णय गरेको अध्यक्ष पाठकले बताउनुभयो । पत्रकार महासंघले सञ्चार क्षेत्रसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने भएकाले विपद्को समयमा पीडितको साथमा उभिनु आवश्यक रहेको उहाँको भनाइ छ । महासंघको यो निर्णयले चाडपर्वका नाममा हुने खर्चलाई विपद् पीडितको राहतमा प्रयोग गर्ने सकारात्मक अभ्यासको सन्देश दिएको छ ।