महानगर प्रहरीले बाइकमा ह्वील लक लगाएपछि युवकले शरीरमा आगो लगाए

हाम्रो पेज

२५ असार २०८३, बिहीबार १६:३६
त्रिपुरेश्वरमा युवकले शरीरमा पेट्रोल खन्याएर लगाए आगो, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं, २५ असार । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन्।बिहीबार दिउँसो भएको घटनापछि त्यहाँ खटिएका प्रहरीले तत्काल आगो नियन्त्रणमा लिई घाइते युवकको उद्धार गरेका थिए। त्रिपुरेश्वरमा आत्मदाह प्रयास गर्ने युवाको पहिचान खुलेको छ । उनी मुगुका २५ वर्षीय गणेश नेपाली हुन् । राहदानी विभागको ३ नम्बर गेटमा उनले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । काठमाडौं महानगरपालिको नगरप्रहरीले
मोटरसाइकलमा जथाभावी पार्किङ गरेको भनेर उनको मोटरसाइकलमा ह्वील लक लगाइदियो । त्यसपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् । काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले आत्मदाह प्रयासको अन्य कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो । वीर अस्पतालमा उपचाररत उनको शरीर ६५ प्रतिशत जलेको बताइएको छ । आत्मदाहको प्रयास गर्ने व्यक्ति पठाओ चालक रहेको खुलेको छ ।