मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद,प्रहरीलाई देखेपछि २० लाखको झोला छाडेर भागे

हाम्रो पेज

२८ बैशाख २०८३, सोमबार १३:५०
प्रहरीलाई देखेपछि झोला फालेर युवक भागे, खोलेर हेर्दा भेटियो २० लाख

विराटनगर, २८ वैशाख । मोरङ प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरको छ। रतुवामाई नगरपलिका–२ घररुचोकस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो। गएराति सीमा क्षेत्रबाट २० लाख भारतीय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। ५ सय दरको ४० बण्डल भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले बरामद गरेका हुन्। भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागि जाँच गर्ने क्रममा रकम फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार व्यक्तिले आफूले बोकेको झोला सोही ठाउँमा फालेर भागेपछि रकम बरामद गरिएको प्रहरीले जनाएको छ। ती युवकको पहिचान खुलेको छैन। बरामद रुपैयाँ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।